बैतडी ।

भालुको पित्तसहित दार्चुलामा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पिथौरागढ ग्राम दरठाना धारचुलाका चन्द्रसिंह दरियाल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।

दरियाललाई दार्चुलाको अपि नगरपालिका–११ पुलघाटस्थित जाँच चौकीमा जाँचका क्रममा दिउँसो ३४.७० ग्राम अवैध भालुको पित्तसहित पक्राउ गरिएको हो ।


Views: 166

