Aamsanchar

दाइजो नल्याएको निहुमा चरम यातना

Author Image
बिहिवार, साउन २७, २०७३

नेपालगन्जः

09082016051710DaijO-Pidit-(1)-1000x0

दाइजो नल्याएको निहुमा श्रीमान सहित आफन्तद्धारा एक महिला माथि चरम यातना दिएका छन् । नेपालगन्ज उप महानगरपालिका १९ बालेगाउ (साविक भवानीयापुर १) की १८ वर्षिया आसरुन जोलहालाइ दाइजो नल्याएको भन्दै उनका श्रीमान , सासु , ससुरा र श्रीमानको काकाका छोरा सहितले कुटपिट गरी गम्भीर घाइते बनाएका छन् ।

२४ बर्षीया श्रीमान वासिम जोलहा अन्सारी र सासु बाबादैया जोलहा अन्सारी, ससुरा सब्बिर जोलहा अन्सारी र जेठाजु नसिम जोलहा अन्सारीले आफुलाई कुटपिट गरेको पिडित आसरुनले भनिन् । आसरुनको दुबै आँखामा गहिरो चोट लागेको छ शरिर भरि निलडाम रहेको छ । कुटपिट पछि बेहोस भइकी आसरुनलाई छिमेकीले एम्बुलेन्स बोलाएर उपचारको लागि नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज पाठएका थिए । अस्पताल आएको तिन घण्टा पछि मात्रै आसरुनको होस आएको थियो ।

४ लाख दाइजो ल्याउदै भन्दै ४ महिनाले देखि आफुलाई कुटपिट गर्दै आएको आसरुनले बताइन । श्रीमान ४ महिनाअघि विदेशबाट आएपछि माइतीबाट घर गएकी आसरुनको दिनहु जसो यातनाको शिकार भइरहिन । विहा लगतै साउदी अरेविया गएका श्रीमन वासिम ४ महिना अघि नेपाल आएकी हुन । तल्लाले, मुक्काले , जे भेट्यो जेही पिट्थे , श्रीमान, सासु सुसुरा नन्द सबै दाइजो ल्या भन्दै कुट्थे – आसरुनले भनिन् ।

बाँकेका प्रहरी उपरीक्षक टेक प्रसाद राईले कुटपिटमा सम्लग्न श्रीमान वसिम, ससुरा बाबादैया प्रहरी पक्राउ गरेको बताए । कुटपिटमा संलग्न ससुरा सब्बिर जोलहा अन्सारी र काकाका छोरा नसिम अन्सारी भने फरार रहेको प्रहरीले जनाएको छ ।
आसरुनका माइती पक्षको उजुरीको आधारमा श्रीमान र सासुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राईले बताए । उनले श्रीमान र सासु विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरिएको बताए ।

ेआसरुन र वासिमको २०७१ सालमा मागी विवाह भएको थियो । उनीहरुको एक बर्षको छोरा समेत रहेको छ । अहिले सम्म पनि दाइजो नदिएको भन्दै ज्यान लिनका लागि श्रीमान , सासु र ससुरालाई काका नसिमले उचालेर पिट्न लगाउने गरेको पिडित आसरुनले बताइन । हालै साउन २० गते पनि आसरुनलाइ उनका परिवारले कुटपिट गरेपछि जिल्ला प्रहरी कार्यालयमा अब यस्तो नगर्ने प्रतिबद्धता जनाउँदै माफि मागेपछि मिलापत्र भएको थियो । मिलापत्र भएकै दिन श्रीमान वासिमले आसरुनकोे ज्यान लिने भन्दै मोटरसाइृकलले खुट्टामा ठक्कर दिएर घाइते बनाएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर