Aamsanchar

सर्प देखाएर पनि नगद र अन्नको कमाइ

Author Image
बिहिवार, साउन २७, २०७३

धनगढी ।

cobra-snake-king-cobra-pictures

गर्मी र वर्षायाममा विषालु सर्पको डसाइले कैयौँ व्यक्तिको मृत्यु हुने गरेको छ । तर तिनै विषालु सर्प देखाएर हुने कमाइ कतिपय व्यक्तिका लागि जीविकोपार्जनको दरिलो माध्यम बनेको छ ।

भारतको खिरी जिल्लाको तिकुनिया गाउँका चैतुलाई अहिले यहाँका गाउँबस्तीका घर घरमा पुगेर गोमन सर्प देखाउँदै अनाज र नगदको जोहो गरिरहेका देखिन्छन् ।  चैतुले आफ्नो बाबुबाजेले गर्ने गरेको परम्परागत काम आफूले पनि गर्दै आएको बताए । घरमा तीन छोरा र श्रीमती पाल्नका लागि चाहिने नगद र अनाज जुटाउनका लागि यो पेसा अपनाएको उनले सुनाए ।

सपेराहरुले खासगरी नागपञ्चमीका दिन घर घरमा पुगेर नाग देखाउने परम्परा रहेपनि पछिल्ला केही वर्षदेखि जाडोयाम बाहेकका महिनामा पनि सर्प देखाउने गरेका भेटिन्छन् ।

जङ्गल, घर छेउछाउका काठ, इँटाको थुप्रो वा दुलो, झाडीमा लुकेर बस्ने विषालु सर्पलाई सावधानीपूर्वक जडीबुटीबाट बनाइएको सुँघ्ने औषधिको प्रयोग गरी लठ्ठीको सहायतामा समात्ने गरेको अनुभव चैतुले सुनाए ।  विषालु सर्प समातेपछि दाँतको भागमा रहेको विष निकालेर बाँसको चोयाबाट तयार गरिएको सानो टोकरीमा छोपेर राखी घर घरमा पु¥याएर देखाउने गरिन्छ ।

यसरी समातिएको सर्प केही दिनपछि जङ्गलमा लगेर छोडिदिने गरिएको यी सपेराहरु बताउँछन् । केही वर्षदेखि विषालु सर्प पाउन छाडेकाले आफूहरुको सर्प देखाएर कमाइ गर्ने पेसा पनि समस्यामा परेको उनको भनाइ छ । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर