Aamsanchar

पाँचथर अदालतमा पहिलोपटक दोभाषे

Author Image
बिहिवार, साउन २७, २०७३

पाँचथर।

lok-adalat

नेपाली भाषा नबुझ्ने सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै जिल्ला अदालत पाँचथरले विभिन्न समुदायका १४ जना दोभाषे नियुक्त गरेको छ ।

नियुक्त गरिएका दोभाषेहरुमा लिम्बू, राई, मगर, शेर्पा र अङ्ग्रेजीभाषी छन् । नेपाली भाषा बुझ्न र बोल्न नसक्ने सर्वसाधारणका भाषा उल्था गर्न दोभाषेले सहयोग पु¥याउने स्रेस्तेदार टेकेन्द्रवीर राणाले जानकारी दिनुभयो ।

गत महिना सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरिएकोमा योग्यता पुगेका दोभाषेबाट प्राप्त आवेदन छानबिनपछि छनोट गरिएकाहरुलाई परिचयपत्र वितरण गर्ने तयारी भइरहेको पनि राणाले बताउनुभयो ।

उहाँका अनुसार नियुक्त दोभाषेहरुमा लिम्बू भाषाका लागि सारदा आङ्देम्बे, चन्द्रकुमार आङ्देम्बे, निशा लोवा, राजन तावा, शान्तिला तुम्वापो र धनकुमार नेम्वाङ, राई भाषाबाट शान्तिदेवी राई र राजेन्द्र राई, तामाङ भाषाबाट दिलकुमार योञ्जन तामाङ, मगर भाषाबाट रञ्जना ज्ञाङ्मी, अमृता गुर्मछान, शेर्पा भाषाबाट लासुङ शेर्पा, नेवार भाषाबाट देवीका श्रेष्ठ र अङ्ग्रेजी भाषाबाट जीवन भण्डारी दोभाषेका रुपमा नियुक्त भएका हुन् ।

जिल्ला अदालतले यसरी दोभाषे नियुक्त गरेको यो नै पहिलोपटक हो । उनीहरुलाई सरकारी नियमअनुसार सुविधा उपलब्ध गराइने अदालतले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर