Aamsanchar

दोहोरो सुविधा लिने ४८ नगर प्रहरी बर्खास्त

Author Image
बिहिवार, साउन २७, २०७३

nagar police

काठमाडौँ ।

कामपाले दोहोरो सुविधा लिँदै आएका ४८ नगर प्रहरीलाई हटाएको छ ।

गत माघ ८ गतेको मन्त्रिपरिषद् बैठकले दोहोरो सुविधा लिन नपाउने निर्णय गरेको तथा दोहोरो सुविधा लिनु महानगरको विनियमविपरीत रहेकाले उनीहरुलाई हटाउनु परेको कामपाका प्रशासन प्रमुख हरि कुँवरले जानकारी दिनुभयो ।

कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार २०६१ सालमा नेपाली सेना र नेपाल प्रहरीबाट अवकाश प्राप्त ६० जनालाई नगर प्रहरीमा करारमा नियुक्त गरिए पनि हाल ४८ जनाले नियमित काम गर्दै आएका थिए ।

दोहोरो सुविधा पाउनुपर्ने भन्दै उनीहरुले महानगर परिसरमा एक हप्ता धर्ना बसेपनि बुधबार सामूहिक राजिनामा दिएका हुन् । हाल कामपामा करार र स्थायी गरी १६० नगर प्रहरी कार्यरत छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर