Aamsanchar

लागू औषध सहित दुई पक्राउ

Author Image
शुक्रवार, साउन २८, २०७३

सुरुङ्गा (झापा)।pakrau1

प्रहरीले लागूऔषधसहित दुई जनालाई झापाको काँकरभिट्टाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका निवासी २० बर्षीय रोशन चन्द र सुकेधारा निवासी २९ बर्षीय अशोक रोकाया रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

भारतको पानीट्याङ्कीबाट नेपालतर्फ ल्याउँदै गरेको १० ग्राम ब्राउन सुगरसहित उनीहरुलाई काँकरभिट्टाको मूल गेटबाट लागूऔषध नियन्त्रण व्यूरोको टोलीले पक्राउ गरेको बताइएको छ ।

Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर