झापा।

साउन २४ गते हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका फिस्टेल एअरको हेलिकोप्टरका चालक रञ्जन लिम्बूको विहीबार झापाको चारआलीमा अन्तिम संस्कार गरिएको छ ।

लिम्बूको शवलाई प्रगति सामुदायिक वनमा समाधिस्त गरिएको हो ।

काठमाडौंबाट बिरामी लिन गोरखा गएको र बिरामी लिएर फर्कनेक्रममा चालक लिम्बूले उडाएको हेलिकोप्टर गत सोमबार नुवाकोटमा दुर्घटना हुँदा त्यसमा सवार सबै सातजनाको मृत्यु भएको थियो ।

Views: 136

