Aamsanchar

घरधनीबाटै घर वहाल कर लिन सरकारसंग माग

Author Image
शुक्रवार, साउन २८, २०७३

सुरुङ्गा (झापा) ।

download

नेपाल घरबहाल उपभोक्ता हकहित संघ झापाले घरबहाल कर घरधनीबाटै लिन सरकारसंग माग गरेको छ ।
संघका जिल्ला अध्यक्ष सिताराम खतिवडाले घरबहाल ऐन लागू नभइरहेको अबस्थामा ९० प्रतिशत बहालमा बस्ने ब्यपारी ब्यवसायी तथा तिनका परिवार घर बहाल कर तिर्न बाध्य रहेको जनाउदै उक्त कर घर धनीसंगै लिन माग गर्नुभएको छ ।
आज शुक्रबार झापाको बिर्तामोड पत्रकार भेटघाटको आयोजना गर्दै संघका अध्यक्ष खतिवडाले घरधनीले आफूहरुलाई कर तिराउन विभिन्न बखडा झिकी कर नतिरे घरबाटै निकाल्ने गरेकाले यस्तो कार्य रोक्न समेत आग्रह गरेका गर्नुभएको छ ।
घरधनी र घरबहाल बीच देखिएको विवाद सुल्झाउन संघले सक्दो प्रयार गरिरहे पनि घरबहाल ऐन ब्यवहारिक रुपमा लागू नहुँदा समस्या भएको संघका उपाध्यक्ष राजु न्यौपानेले बताउनुभयो । अघिल्लो आर्थिक वर्ष २०७२ ÷०७३ मा संघले १५० वटा घर वहाल सम्वन्धी विवादित समस्यालाई समाधान गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यसैबीच संघको ५ औं अधिवेशन भदौ १७ गते दमकमा हुन लागेको समेत पत्रकार सम्मेलनमा संघका विर्तामोडनगर उपाध्यक्ष रणदेव हजामले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर