Aamsanchar

राजनीतिक दलले असन्तुष्टि जनाए

Author Image
शुक्रवार, साउन २८, २०७३

पाँचथर।

Prime Minister Puspa Kamal Dahal, Ministers, liders from ruling parties during the meeting about the restructuring of local level at PM Office, Singhadurbar in Kathmandu on Wednesday, August 10, 2016. Photo: Dipesh Shrestha/Nagarik/Republica

उनीहरुले ५ वटा स्थानीय तह अत्यन्तै थोरै हुँदा राज्य पुनर्संरचनाको प्रत्याभूति नागरिकले नगर्ने भन्दै कम्तीमा ७ वटा बनाउन सुझाव राख्दै आएका छन् ।

जनसंख्या र भौगोलिकताका हिसावलाई मिलाएर हेर्दा पनि कम्तिमा ७ वटा स्थानीय तह बनाउनुपर्ने नेपाली कांग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्रकुमार केरुङ बताउँछन् । पुनर्संरचना गरिने गाउँपालिका र नगरपालिकाको नामांकन र सीमांकन गर्न जिल्ला विकास समिति पाँचथरले पटक–पटक बोलाएको बैठकमा दलका नेता र नागरिक अगुवाले ६ गाउँपालिका र १ नगरपालिका बनाउने गरी आयोगलाई ध्यानाकर्षण गराउन सुझाव दिँदै आएका छन् ।

हाल पाँचथरमा १ नगरपालिका र ३८ गाविस छन् । जिल्लाको कूल जनसंख्या १ लाख ९१ हजार छ । राजनीतिक दलसँगै जिल्लाका नागरिक समाज र सञ्चार क्षेत्रका अगुवा पनि पाँचथरमा गाउँपालिका र नगरपालिकाको संख्या कम्तिमा ७ हुनुपर्नेमा एकमत छन् ।

जिल्ला विकास समिति पाँचथरले स्थानीय निकायको पुनर्संरचनासम्बन्धी पटक–पटक गरेका छलफलमा जिल्लावासीले एकमत भएर गाउँ र नगरपालिकाको संख्या बढाउन प्रस्ताव गरेकाले आयोगमा ती प्रस्तावलाई जस्ताको तस्तै पठाइने स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले बताए ।

आयोगले गाउँको स्थानीय तह मुलकभरी ५ सय ६५ बनाउनुपर्ने तर्क गरिरहे पनि अहिले यो संख्या थोरैमात्र भएको सांसदहरुले आवाज उठाइरहेका छन् । जिल्ला तथा गाउँका सरोकारवाला निकायले पनि स्थानीय तहको संख्या बढाउन माग गरिरहेका छन् । यसतर्फ आयोगको ध्यान जानु आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर