Aamsanchar

युवाले दुई क्विन्टल चामल दिए बृद्धबृद्धालाई

Author Image
शुक्रवार, साउन २८, २०७३

55बिर्तामोड ।
अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन झापाले असहाय बृद्धबृद्धाहरुलाई आज राहत सामग्री बितरण गरेको छ ।
संगठनले परोपकार र अनुसन्धान केन्द्र बिर्तामोडद्धारा सञ्चालीत बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई दुई क्विन्टल चामल सहयोग गरेको हो । संगठनका कार्यबाहक अध्यक्ष राजकुमार राई, राप्रपा नेपाल झापाका प्रबक्ता एवम् मिडिया नेपालका केन्द्रिय उपाध्यक्ष ईन्द्रसिंह राजबंशी, नगर अध्यक्ष शंकर रिजाल, राष्ट्रिय युवा मोर्चाका केन्द्रिय सदस्य भुपेन्द्र लिङदेन लगायतले राहत सामग्री हस्तान्तरण गर्दै युवाहरु अव रचनात्मक कार्यमा लाग्नु पर्नेमा जोड दिनुभएको थियो । परोपकार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बिक्रम मादेनको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमको सञ्चालन युवक संगठनका जिल्ला सचिव कुशल आचार्यले गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर