Aamsanchar

समुदायमा लोकप्रिय बन्दै हचुमासा

Author Image
शुक्रवार, साउन २८, २०७३

सागर गौतम, खुदुनाबारी ।unnamed

झापाको खुदुनाबारी–१ मा अवस्थित हचुमासा सामुदायिक वनले संक्रिय दिगो वन व्यवस्थापन गदै स्थानीय नागरिकको मानवीय जीविकोपार्जन सुधार सहित शिक्षा,गरिबी निवारण,वृक्षारोपण,सडक क्षेत्रमा समेत महत्वपूर्ण योगदान पु¥याइरहेको छ ।

सामुदायिक वनको आयश्रोतले स्थानीय स्तरका विकास निर्माणको काम,वृक्षारोपण,विपन्न परिवारलाइ घर निर्माण्को काम सहित वातावरणीय सन्तुलन कायम गर्ने नाङगा डाँडापाखा नदी किनारका आसपासमा क्षेत्रमा वृक्षारोपण गदै आएको हो । समूहको कार्ययोजना अन्तर्गत रहदै योजना बनाई कार्यन्वयन गदै सामुदायिक वनमा आश्रित उपभोतmाहरुको पनि सशतिmकरण र सचेतीकरण गरिरहेको छ । समूह सुसासन र पारदर्शितामा सधैंबह सचेत रहेको देखिन्छ ।

यस समूहले समुदाय नै संक्रीय भए त्यसबाट वनको दिर्गकालिन आर्थीक लाभ र विकास सम्भव हुन्छ भन्ने मान्यता राख्दै आएको छ । उपभोतmाहरुमा विकासको अपनत्व गराउदै यस समूहको कामको प्रगति सोझै देख्ने सकिन्छ । समुदायमा गरिबीको चपेटामा परेका घरधूरीहरु लाइ आ।ब। २०७२÷२०७३ को विनियोजित १० लाख रुपैंयाले समूहको गरिबी निवारण कोषबाट एकल महिला २ घरधूरी,विपन्न ३ घरधूरी,दृष्टिविहिन १ घरधूरीलाई अर्धपक्की १ तले घर निर्माण सम्पन्न गदै हस्थान्तरण गरिसकेको समूहका अध्यक्ष राम निरौलाले बताउनुभयो ।

समूहले वर्गीकरण गरेका एकल महिला, असक्त,दृष्टिविहिनहरुलाई दिएको सहयोग महत्वपूर्ण मान्न सकिन्छ । ७४९।४४ हेक्टरमा फैलिएको हचुमासा सामुदायिक वनले आफना उपभोतmाहरु लाई विद्युतको पंहुच पु¥याउने उदेश्यले सबै टोलटोलमा उज्यालो क्षेत्र बनाइसकेको छ । बजारको अभावमा यस क्षेत्रका बासिन्दा १० किलोमिटर पार गरेर शनिश्चरे,बिर्तामोड जानुपर्ने बाध्यता रहिआएको स्थानीयबासीन्दा बताउँछन् । स्थानीय उपभोतmाको समस्यालाई ध्यान दिदै हचुमासा सामुदायिक वनले १ बिघा १२ कठा जमिन खरिद गदै सोही ठाँउमा रहेको नमूना बजार व्यवस्थापन समितिलाई हस्थान्तरण गरेपछि अन्यत्र बजार जानुपर्ने बाध्यता समेत टरेको छ ।

समूहले शैक्षिक क्षेत्रमा लगानी गदै शिक्षाको ज्योती निरन्तर छरिरहेको देख्न सकिन्छ । गणेश नि।मा।वि। को लागि ७ कठ्ठा जमिन खरिद सहित भवन निर्माण गरिदिएको देख्न सकिन्छ । गणेश नि।मा।वि। मा निजि स्रोतको १ शिक्षकलाई अहिले पनि ११ हजार मासिक रकम दिएर विद्यालय संञ्चालनमा टेवा पु¥याइरहेको बताइएको छ । समूहले स्थानीय सिंहदेवी मा।वि। लाई पनि २० लाख रुपैया प्रदान गदै आरक्षण कोषले विद्यालय संञ्चालन भैइरहेको बताइएको छ ।

यस समूहले स्थानीय स्तरका मठमन्दिरलाइ संरुक्षण,संवद्र्धन र प्रवर्धन गर्नेको निम्ति शंकराचार्यपिठ मन्दिर साधुटार,गायत्री मन्दिर,सिंहदेवी मन्दिर,देवीथान मन्दिर,किरात साहित्य उत्थान संघ,मानव धर्म,मगर संघ,वृद्धा आश्रम लगायतका सामाजिक संघसंस्थालाई सहयोग गदै आएको छ । जि।वि।स।को प्रावधिक सहयोग र समूहको लगानीमा शकराचार्य मार्ग ८ फिटे रहेको थियो अहिले समूहले सो सडक ४ किलोमिटर विस्तार गरि ४० फिट चौडा सडक निर्माण गरेको समूहका सचिव अमर बस्नेतले बताए । यसै आ।ब।०७२÷०७३ समूहको विनियोजित रकमले वैकल्पिक मार्ग साधुटार रमिते गाँउदेखि वडा न।२ को सिमानासम्म २० फिटे सडक मर्मत निर्माण गरि सम्पन्न गरको छ । समूहले शाखा सडकमा रहेका खाल्डा खुल्डीमा मर्मत गदै सडक सुचारु गरि रहेको छ । जसले गर्दा हचुमासा सामुदायिक वनले खरिद गरेको ऐबुलेन्स विगत ७ वर्षदेखि उपभोतmाहरुको टोलटोलमा पु¥याई सेवा दिदै आएको छ ।

सिमित स्रोत साधनको अधिकतम उपयोग गदै हचुमासा सामुदायिक वनले खुदुनाबारी अर्जुनधारा नहर मर्मत संरक्षण गदै आएको छ । जिल्ला वन झापाको सहयोगमा वन क्षेत्रलाई हराभरा बनाउदै बहुउपयोगि प्रजातिका टिक,मलेसिंया साल,खयर,सिसौ,बाँस करिब २ हेक्टरमा वृक्षारोपण गरिसकेको छ । विरिङ आसपासमा चरिचराउ बन्द गराउदै समूहले २० हेक्टर जमिनमा वृक्षारोपण समेत गरिसकेको अध्यक्ष निरौला बताउनुहुन्छ । बारम्बार बारम्बार विरिङ नदीले बाँध फुाई धार परिवर्तन गरेको अवस्थामा १४ लाखको लागतमा जोखिम व्यवस्थापन र रोकथाम सूरक्षा पनि गरिसकेको छ । ७२ सय ५२ जना उपभोतmा संख्या रहेको यस समूहमा प्राकृतिक श्रोत र वनको दिगो व्यवस्थापन समूहले टोल टोलको उपभोतmालाइ उपस्थिती गराउदै सचेतिकरण गराउदै आएको छ ।

वैज्ञानिका वन व्यवस्थापनको निम्ति समूहले नेपालका विभिन्न क्षेत्रमा अध्ययन अवलोकन भ्रमण समेत गराउदै आएको छ । आवश्यकता हेरी वनको थिनिङ,पुनिङ झाडी सफाई गदै वनलाई हराभरा बनाउदै आएको छ । समूहको आय भने १ करोड ६८ लाख रहेको समूहले जनाएको छ । बचत भने ४३ लाख २३ हजार २ सय २३ रहेको जनाइएको छ । समूहको ऋण भने करिब १६ लाख ३७ हजार २ सय ३७ रुपैंया रहेको समूहका कोषाध्यक्ष नन्दलाल खनालले बताउनुभयो । ९३४ घरधूरी रहेको यस समूहमा १७ सदस्यीय कार्यसमिति सदस्य,७ हेरालु सहित सामुदायिक वनका उपभोतmाहरुले वनको संरक्षण गदै आएका लेखापाल श्री नेपालले बताए ।

Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर