Aamsanchar

कानुनी पत्रकार मञ्चमा नयाँ कार्यसमिति

Author Image
शुक्रवार, साउन २८, २०७३

काठमाडौँ ।

press-patrakar-journalist

पत्रकार लीलाधर उपाध्याय संवैधानिक तथा कानुनी पत्रकार मञ्चको अध्यक्ष पदमा सर्वसम्मतरुपमा निर्वाचित हुनुभएको छ ।

मञ्चको नौ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा रामबहादुर रावल, महासचिव नवीन खतिवडा, सचिव शोभा श्रेष्ठ, कोषाध्यक्ष दुर्गा दुलाल निर्वाचित हुनुभएको छ ।

त्यस्तै, सदस्यमा किशोरकुमार पौडेल, दीपक खरेल, कालिका खड्का र तारा ढकाल रहनुभएको छ । मञ्चको सल्लाहकारमा बालकृष्ण बस्नेत, यम बिरही, कुमार विवेकानन्द मिश्र, बद्रीकाजी गुरुङ, मदन गौतम र डिल्ली आचार्य रहनुभएको छ ।

कानुनी समाचार सङ्कलनका क्रममा हुने विभिन्न कठिनाइलाई सहज बनाउनुका साथै न्यायालय र कानुनी पत्रकारबीच मैत्रीपूर्ण वातावरण बनाउने उद्देश्यले २०६३ सालमा औपचारिकरुपमा संस्थाले काम सुरु गरेको हो । मञ्चको कार्यावधि दुई÷दुई वर्षको हुनेछ । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर