Aamsanchar

महिलाका व्यवसाय प्रवद्र्धन गर्न रु ५० लाख सहयोग

Author Image
शनिवार, साउन २९, २०७३

radi_pakhi

पाँचथर ।

महिला उद्यमशीलता कोषले पाँचथर जिल्लाका १८ जना महिलाका व्यवसाय प्रवद्र्धन गर्न रु ५० लाख सहयोग गरेको छ ।

घरेलु तथा साना उद्योग महासङ्घ पाँचथरका अनुसार गत आवमा प्रस्तावित फर्मलाई सहयोग रकम उपलब्ध गराएको हो । महासङ्घको महिला उद्यमशीलता विकास समिति केन्द्रीय सचिव शान्ता बाँस्कोटाले सहयोग रकम उद्यमीका बैंक खातामा निकासा दिने तयारी भइरहेको जानकारी दिनुभयो ।

व्यवसायको प्रकृति हेरी प्रतिफर्म रु एकदेखि अढाइ लाख लगानी गर्न लागिएको हो । व्यवसायीले उक्त रकम वार्षिक पाँच प्रतिशत ब्याजदरमा प्राप्त गर्न लागेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर