Aamsanchar

‘ब्रासलेट’ भदौ १७ गते

Author Image
शनिवार, साउन २९, २०७३

बिर्तामोड ।

kalakar

कोटकी कालिका देवी फिल्म्सको व्यानरमा चलचित्र ‘व्रासलेट’ भदौ १७ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
९९ प्रतिशत पोखरामा छायाङ्कन गरिएको उक्त चलचित्र नितान्त पारिवारिक भएको र यसले दर्शकको मन जित्ने दावीसहित भदौ १७ गतेबाट देशभरका ५५ वटा हलबाट एकैसाथ यो चलचित्र प्रर्दशन गर्न लागिएको विहीवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । चलचित्रको निर्माण केशव भट्टराईले गरेका हुन् । नेपाली चलचित्र क्षेत्रका सफल निर्माता मध्येका उनी एक हुन् । केही समयदेखि चलचित्र क्षेत्रबाट टाढिएका उनले फेरि जुर्मुराएर चलचित्र निर्माण गरेका छन् ।
चलचित्रलाई निर्मल शर्मा गैंडाले निर्देशन गरेका छन् । करिव ७ वर्षको अमेरिकाको बसाइपछि नेपाल फर्किएका रमेश उपे्रतीको अभिनय रहेको यो चलचित्रमा झापाली कलाकार सुगम गुरागाईले पनि अभिनय गरेको कृष्ण टाकिज बिर्तामोडका बालकृष्ण पोखरेलले बताए । उनी नायकको भूमिकामा देखिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । चलचित्रमा रजनी केसी, कम्ता सापकोटा, निर शाह लगायतका कलाकारको अभिनय रहने बताइएको छ । ५५ लाख रुपैयाँ खर्चिएर तयार पारिएको सो चलचित्रले दर्शकको मन जित्न सफल रहने निर्माता तथा निर्देशक छवि ओझाले बताएका छन् । पत्रकार सम्मेलनको सञ्चालन चैतन्य बरालले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 246

प्रतिक्रिया (०)

सम्बन्धित खबर