Aamsanchar

माओवादीको महाधिवेशन सर्ने

Author Image
शनिवार, साउन २९, २०७३

काठमाडौँ।

Leaders of Maoist parties showing solidarity after their unification into the CPN Maoist Centre in Kathmandu, on Thursday, May 19, 2016. Photo: RSS

Leaders of Maoist parties showing solidarity after their unification into the CPN Maoist Centre in Kathmandu, on Thursday, May 19, 2016. Photo: RSS

नेकपा (माओवादी) केन्द्रले आगामी भदौ ११ गते महाधिवेशन आयोजक समितिको बैठक बोलाउने भएको छ ।  शुक्रबार केन्द्रीय कार्यालयको बैठकले पुसका लागि तोकिएको अधिवेशन सार्नसक्ने सङ्केत गर्दै आयोजक समितिको बैठक बोलाएको हो ।
प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा बसेको बैठकले राजधानीमा बैठक बोलाउने निर्णय गरेको हो ।

माओवादीले पटकपटक विस्तार गरेर आयोजक समितिको सङ्ख्या करिब दुई हजार पाँच सय पु¥याएको छ ।  बैठक स्रोतका अनुसार यसअघि आगामी पुसका लागि तय गरिएको अधिवेशन सारेर अर्को मितिमा गर्ने गरी बैठक बोलाइएको हो ।
यसअघि माओवादीले पुस २३ देखि महाधिवेशन गर्ने निर्णय गरेको थियो ।  सरकारको नेतृत्व गर्नु परेको तथा नयाँ राजनीतिक परिस्थितिमा तल्लो तहसम्म नयाँ साङ्गठनिक संरचनाअनुसार नेतृत्व चयन गर्नुपर्ने भएकाले केन्द्रको अधिवेशन निर्धारित मितिमा हुन नसक्ने नेताहरूको बुझाइ छ ।
बैठकका सहभागी नेता लोकेन्द्र विष्ट मगरका अनुसार बैठकमा स्थानीय निकायको पुनःसंरचना गर्न बनेको आयोगले पेस गरेको प्रारम्भिक प्रतिवेदनका बारेमा पनि छलफल भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर