Aamsanchar

भुटानी शरणार्थी समस्या समाधानमा गरिदिन प्रधानमन्त्रीको आग्रह

Author Image
शनिवार, साउन २९, २०७३

काठमाडौं ।

dahal-pm-2

प्रधानमन्त्री पुष्पकमल दाहालसँग संयुक्त राष्ट्र संघका शरणार्थीका लागि उच्च आयुक्त फिलिप्पो ग्राण्डीले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उच्च आयुक्त ग्रान्डीले नेपालको संविधान, शान्ति प्रक्रिया, नेपालको विकास र समृद्धिका बारेमा चासो राखेका छन् ।

उनले भुटानी शरणार्थी समस्या समाधानका विषयमा संयुक्त राष्ट्र संघले गरिरहेको पहलका बारेमा प्रधानमन्त्री दाहाललाई जानकारी गराए ।

त्यसैगरी गरी नेपालमा बाँकी भुटानी शरणार्थीका समस्या पनि छिट्टै समाधान गर्ने आश्वासन दिएका थिए । दाहाललाई नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिँदै ग्राण्डीले सफल कार्यकालको शुभकामनासमेत दिएका थिए ।

त्यस क्रममा प्रधानमन्त्री दाहालले भने भुटानी शरणार्थी समस्या समाधानमा संयुक्त राष्ट्र संघले देखाएको चासोप्रति धन्यवाद दिँदै बाँकी शरणार्थीका समस्या समाधानमा सहजीकरण गरी दिन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर