भोजपुर ।

खुकुरीका लागि प्रख्यात भोजपुरमा दक्ष कालीगढसँगै कोइलालगायतका कच्चापदार्थको अभावले व्यवसाय नै संकटमा परेको छ ।

भोजपुरे खुकुरी विश्वका विभिन्न मुलुकमा निर्यात्समेत हुने गरेपनि पछिल्लो समय जनशक्तिको अभाव र कच्चापदार्थ पाइन छाडिएपछि उद्योग नै धरासायी बनेको हो ।

खुकुरी बनाउने पेशालाई पछिल्ला पुस्ताले अपहेलना गर्ने गरेका कारण पनि यो पेशा संकटमा परिरहेको व्यवसायीहरुको भनाइ छ ।


त्यस्तै, राज्यले उचित वातावरणसँगै साना तथा मझौला उद्योगलाई प्राथमिकता नदिँदा व्यवसाय धरासायी बनेको हो ।
भोजपुरमा सिरुपाते, भोजपुरे, चित्लाङले कोथीमोडालगायतका खुकुरी निर्माण हुने गर्दछ ।
Views: 196

