Aamsanchar

भद्रपुर बोर्डर २१ घण्टा शिल, काँकरभिट्टमा चेकजाँच कडा

Author Image
आइतवार, साउन ३०, २०७३
भद्रपुर गलगलिया नाकामा सर्वसाधारण जनतालाई चेकजाच गर्दै भातगाव सिमा चौकीका एसएसबी

भद्रपुर गलगलिया नाकामा सर्वसाधारण जनतालाई चेकजाच गर्दै भातगाव सिमा चौकीका एसएसबी

भद्रपुर ।
झापाको खुल्ला सिमावर्ती क्षेत्रसंग जोडिएको बोर्डर इलाकामा भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले सुरक्षा सर्तकता कडा बनाएको छ ।

भोली (सोमबार) १५ अगस्ट अर्थात भारतको ७० औ स्वतन्त्रता दिवसलाई मध्यनजर गरी एक सातादेखि एसएसबीले बोर्डर क्षेत्रमा सुरक्षा सर्तकता कडा बनाएको हो ।

झापाको भद्रपुरसंग जोडिएको गलगलिया र काकरभिट्टासंग जोडिएको पानीटंकी नाकामा विशेष सुरक्षा सर्तकता बढाएको भारतीय सिमा सुरक्षा बलले जनाएको छ । झापाको यी दुई मुख्य नाका हुन् । यी दुई नाकाबाट दिनहु हजारौ नागरिक आवतजावत गर्नूका साथै करोडौ मुल्य बराबरको सामान आयात निर्यात हुन्छ । सोमबार १५ अगस्टको दिन परेकोले आइतबार राती ८ बजेदेखि सोमबार बेलुका ४ बजे सम्म बोर्डर शिल गरिने सिमा सुरक्षा बल जनाएको छ ।

सिमा सुरक्षा बलका अनुसार भद्रपुर–गलगलिया बोर्डरदेखि झापाको खजुृरगाछी सिमा सम्म २१ घण्टा बोर्डर शिल गरिने छ, भने काकरभिटा–पानीटंकी बोर्डरबाट नागरिक आवतजावतलाई छुट दिने तर कुनै सरसामान आयात निर्यात नगरिने जनाएको छ । पानीटंकीमा आवतजावत सहज बनाएपनि एसएसबीले चेकजाज कडा पार्ने छ ।

विश्वमा बढ्दो आईएस आतकबादी हमला, भारतसंग जोडिएको छिमेकी राष्ट्र नेपाल र बंगलादेश बोर्डरबाट राष्ट्र विरोधी समूह प्रवेश गर्न सक्ने भनि भारतीय सरकारले निर्देंशन जारी गरेपछि एसएसबीले सुरक्षा सर्तकता बुझिएको छ । १९ बटालियन एसएसबीका एसपी राजीव मिश्राका अनुुसार सिमा तैनाथ एसएसबी जवानलाई सुरक्षा कडा पार्नुका साथै आवातजावत गरिने नागरिकलाई चेकजाच गर्न निर्देशन दिइसकेको बताए । भारतको स्वतन्त्रता दिवस सफल बनाउन सिमाका एसएसबी हाई अलर्ट रहेको एसपी मिश्राले बताए । यसअघि १५ अगस्टकै सुरक्षा सर्तकता बढाएको बेला पानीटंकी क्षेत्रबाट सन् २०१४ मा आइएमका मुख्य आरोपी तहसीन अख्तरलाई सुरक्षाकर्मीले पक्राउ गरेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर