Aamsanchar

धुर्मुस सुन्तलीलाई ताइवानबाट सहयोग

Author Image
आइतवार, साउन ३०, २०७३

durmush suntaliकाठमाडौँ ।

 भूकम्पले क्षतिग्रस्त सिन्धुपाल्चोकस्थित गिरान्चौरवासीका लागि बस्ती निर्माण गरिरहेका हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को संस्थालाई ताइवानवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।

‘नेपाल ताइवान एसोसिएसन’ नाम उक्त संस्थाले हालै गिरान्चौरको बस्ती निर्माणस्थल पुगी कलाकारद्वयको संस्था ‘धुर्मुस–सुन्तली फाउन्डेसन’लाई रकम हस्तान्तरण गरेको हो ।

टोलीमा एसोसिएसनका अध्यक्ष राजु गुरुङ, कोषाध्यक्ष राजन श्रेष्ठ तथा सदस्यहरु शङ्कर महर्जन, सुरेन्द्र नेपालीसहित यहाँ रहेका केही सहयोगी थिए । उनीहरुले ताइवानवासी नेपालीका तर्फबाट पठाइएको रु तीन लाख पाँच हजार कलाकारद्वयलाई प्रदान गरेका थिए ।

भूकम्पपीडित विद्यार्थीका लागि काभ्रेपलाञ्चोकमा विद्यालय निर्माणकै लागि भनेर ताइवानबाट सो टोली नेपाल आएको हो ।

एसोसिएसनका अध्यक्ष गुरुङले भने, “हामीले बस्ती निर्माणको सहयोगका लागि रकम सङ्कलन गरिसकेको भए पनि धुर्मुसले रकम लिनै मान्नु भएको थिएन, तर पहिले नै कुरा भइसकेकाले हामीले अनुरोध गरेपछि रकम बुझेभयाे ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१