Aamsanchar

जारको पानी प्रदूषित

Author Image
आइतवार, साउन ३०, २०७३

परासीः

download

बजार क्षेत्रमा बिक्री हुँदै आएका पानीका जार प्रदूषित भएको गुनासो उपभोक्ताले गरेका छन् । कम्पनीको स्टिकरबिना पठाइएका त्यस्ता पानीका जार फोहोर हुने र हिलो माटोको गन्ध आउने पाइएको उपभोक्ताको गुनासो छ । परासी, कुस्मा, महेशपुर, सुनवल, भूमही, बर्दघाट, गोपीगन्जलगायत बजार क्षेत्रमा त्यस्ता जार भेटिएको हो ।

बजारमा पठाइएका जारमा स्टिकर नभएकाले कुन कम्पनीको हो भन्नेमा समेत उपभोक्ता अन्योलमा छन् । बाढी आएपछि उपभोक्ताले ह्यान्ड पम्प र खानेपानीद्वारा वितरित पानी पिउन कम गरेपछि बजारमा जारको माग बढेसँगै प्रदूषित पानी पठाउन थालिएको उपभोक्ताले बताएका छन् ।

पानीका कारण विभिन्न रोग फैलिन सक्ने भन्दै खानेपानी समिति र चिकित्सकले सतर्क रहन सुझाव दिएका छन् । यसका कारण अहिले सामान्य उपभोक्ताले पनि जारको पानी पिउन थालेका छन् । अधिकांश होटेलले पनि जारकै पानी प्रयोग गर्न थालेका छन् । माग बढेपछि कम्पनीहरूले धेरै संख्यामा आपूर्ति गर्न समस्या भएपछि सीधै बोरिङको पानी जारमा हालेर बजार पठाउने गरेको गुनासो बढेको हो ।

जारको पानी प्रदूषित भएको गुनासो बढेपछि जिल्लास्तरीय बजार अनुगमन समितिले कम्पनी र पसलहरूको निरीक्षण एवं अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुंगानाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, उपभोक्ता हित संरक्षण मञ्च, जिल्ला प्रहरी र पत्रकारको संयुक्त टोलीले अनुगमन गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर