Aamsanchar

नक्कली डाक्टरलाई निलम्बन गर्न प्रधानमन्त्रीको निर्देशन

Author Image
आइतवार, साउन ३०, २०७३

काठमाडौं –

prachanda-again.jpg

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानबिनमा रहेका डाक्टरलाई निलम्बन गर्न निर्देशन दिनु भएको छ ।

शैक्षिक प्रमाणपत्रको अभियोगमा छानबिनमा रहेका डाक्टरले बिरामीको जाँच गरिरहेको गुनासो आएपछि उहाँले आइतबार बिहान स्वास्थ्य सचिव डाक्टर सेनेन्द्रराज उप्रेतीलाई टेलिफोनमार्फत निर्देशन दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘नक्कली भनिएका डाक्टरले हिरासतमुक्त भएपछि फेरि बिरामी जाँच्न थालेको जानकारी आएको छ । तपाईले तत्काल ती डाक्टरलाई मेडिकल काउन्सिलबाट निलम्बन गरी बिरामी जाँच्नबाट रोक्नुहोस् ।’

प्रधानमन्त्रीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा चनाखो भएर काम गर्न पनि स्वास्थ्य सचिवलाई निर्देशन दिनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर