Aamsanchar

जूवाको खालमा प्रहरी छापा,२ ठाउबाट १३ जना पक्राउ

Author Image
आइतवार, साउन ३०, २०७३

juwade

लमजुङ  ।

सदरमुकाम बेसीशहरका विभिन्न स्थानमा तास खेल्दै गरेका १३ जनालाई प्रहरीले नगद रुपैयाँ सहित पक्राउ गरेको छ ।
बेसीशहर नगरपालिका– ९ झिंगेखोलाको गुरुङ होटल र वडा नं १२, त्रिवेणीटोलस्थित कालीप्रसाद घलेको घरबाट १ लाख ९ हजार ५० रुपैयाँ सहित १३ जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक समिरचन्द्र खरेलले बताए ।

गुरुङ होटलबाट नगद ९७ हजार ७ सय ५० रुपैयाँ र कालीप्रसादको घरबाट ११ हजार ३ सय रुपैयाँसहित जुवाडेहरुलाई पक्राउ गरिएको हो । उनीहरु सबै कारवाही प्रकृयाकालागि जिल्ला प्रहरी कार्यालयमै रहेका छन्। घलेको घरमा तल्लो तलाको ढोकामा चाबी लगाएर जुवा खेलेको र प्रहरीले ताल्चा फोडेर माथिल्लो तलामा पुग्दा उनीहरुले रकम लुकाएकाले कम रकम भेटिएको आशंका प्रहरीले गरेको छ।

स्रोतका अनुसार तास खेल्दै गर्दा पक्राउ पर्नेमा कांग्रेसका स्थानीय नेतासमेत रहेका छन्। कांग्रेस महाधिवेशन प्रतिनिधि छुपीमाया गुरुङ र खजिन्द्रबहादुर गुरुङसमेत पक्राउ परेको प्रहरीले जनाएको छ । शनिबार पक्राउ परेका उनीहरुलाई आइतबार म्याद थप गरी वयानकालागि अदालत पेश गरी जुवा ऐन अन्तर्गत कारवाही प्रकृया अघि बढाउने नागरिकले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर