Aamsanchar

विद्यार्थी पास गराउन आलुदेखि ३० हजारसम्म घुस

Author Image
आइतवार, साउन ३०, २०७३

बिर्तामोड ।
झापाको बिर्तामोडमा संचालित मेची टेक्निकल टेनिङ एकाडेमीले विद्यार्थीसाग इन्ट्रान्स परिक्षामा पास गराउाने भन्दै पैसा लिएको फेला परेको छ ।
प्राविधिक शिक्षाका अध्ययनका लागि इलाम पााचथर, ताप्लेजुङ्गलगायतका पहाडी जिल्लाबाट बिर्तामोड आएका विद्यार्थीलाई कलेजले दलाल खटाएर ठग्ने गरेको पाइएको हो ।
एकडेमीकी प्रिन्सिपल सुनिता शिवाकोटी (उप्रेती) ले अनमि र सिएमए पढ्नका लागि इन्ट्रान्स दिन आएका विद्यार्थीको फोन नम्बर दलाललाई दिएर रकम दलाली गरेर प्रती विद्यार्थी २० देखि ३० हजारसम्म लिने गरेको तथ्य फेला परेको छ । इलामको राकोबाट अनमी पढ्न मेची टेक्निकल पुगेकी पुष्पाञ्जली गुरुङ्गलाई इन्ट्रान्स परिक्षाका लागि फर्म भरेर फर्किए पछि फुलमायाले फोन गरेर २५ हजार रुपैयाामा बार्गेनिङ्ग गरेकी थिइन् । गुरुङ भन्छिन् ‘मसाग त्यत्रो पैसा छैन भने पछि २० हजार दिनु अनि घर गएर फर्के पिछे आलु ल्याइदिनु भरेर कुरा मिलाइन् ।’ १० हजार अग्रिम बुझाउन लाएको र १० हजार चै नाम निस्के पछि दिने शर्तमा मिलाएको गुरुङ्ग बताउाछिन् । दलाल फुलमायाले गुरुङ्गसाग पैसाको लागि फोनमा गरेको बार्गेनिङ्गको रेकर्ड र १० हजार रुपैयाा दिएको भिडियो पनि साझामञ्चसाग सुरक्षीत रहेको छ ।
गुरुङ्गत उदारणमात्र हुन् अधिकांस पहाडी जिल्ला बाट मेची टेक्निकल टेनिङ एकाडेमीमा पढ्न भनेर आएकासाग पैसा माग्ने गरेको उनिहरुको गुनासो छ ।

प्रिन्सिपल सुनिताले नाताले बहिनी पर्ने बिर्तामोडकै फूलमाया शिवाकोटीलाई खटाएर रकम असुल्ने गरेकी छिन् । दलाल फूलमायाले पैसा पाएमा अनमीको मात्र नभई पूल्चोक इन्जिनियरिङ कलेजमा समेत सेटीङ मिलाउन सक्ने भन्दै विद्यार्थीलाइ लोभ देखाउने गरेको भिडियो समेत रहेको छ । फूमायाले विद्यार्थीलाई फोन गरी इन्ट्रान्समा नाम निकाल्नका लागि अग्रिम २५ हजार रुपया दिनुपर्ने भन्दै घरैमा बोलाएर रकम असुल्दै आएकी हुन् ।
यसरी पास गराउाने भन्दै रकम उठाएका विद्यार्थीहरुबाट १ लाख ८१ हजारमा सकिने अनमीकोर्षको लागि २ लाख २० हजार लाग्छ भान्दै एक मुष्ठ पैसा बुझाउन दवाव दिने गरेको समेत बुझिएको छ ।
यो विषयमा फुलमायालाई बुझन जाादा उनले फोन गर्न मिलाउन खर्चहुने भएकाले रकम लिएको बताइन् । फुलमायालाई २५ हजार दिएपछी इन्ट्रान्स परिक्षामा आउने सबै प्रश्नको उत्तर विद्यार्थीले दिनु नपर्ने र पास गराउने जिम्मा समेत एकडेमीले लिदै आएको स्रोतले बतायो । यसबाट विद्यार्थीले दिनुपर्ने प्रश्नपत्रको उत्तर पनि पैसा तिरेपछी एकाडेमीले नै दिने गरेकोृ पुष्टि भएको छ ।
प्रिन्सिपल सुनिता शिवाकोटीलाई दलालसागको सम्बन्धका बारेमा बु्झ्न खोज्दा आफूले फूलमायालाइ चिन्दै नचिनेको बताइन् तर दलाल फुलमायाको नम्बर उनको मोवाइमा डालय गर्न लाउादा ठूली बहिनी लेखेर सेभ भएको भेटिएको थियो । त्यस पछि उनि बोल्न चाहिन् फोटो खिच्ने कुनै अधिकार नभएको भन्दै तर्किन् ।

प्राविधिक तथा ब्यवसायिक तालिम ऐन २०४५ अनुसार गठन भएको सिटिइभिटी बोर्ड मार्फत प्रबिधिक बिषयका विद्यार्थीलाई भर्ना गर्ने नाममा निजि क्षेत्रबाट संचालित मेची टेक्निकल टेनिङ एकाडेमीले दलाल खटाएर विद्यार्थीसाग पैसा असुलि रहदाा नियमकारी निकाय भने बेखवर छ ।
यसैवीच अनेरास्ववियु झापाका अध्यक्ष रोशन सुवेदीले आइतबार विज्ञप्ति जारी गरी शैक्षिक संस्थामा भएको त्यस्तो धन्दाको छानबिन गरी दोषीलाई कार्वाही गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर