Aamsanchar

उपचारको अभावमा सुत्केरीको मृत्यु

Author Image
सोमवार, साउन ३१, २०७३

जाजरकोट ।download

यहाँको दुर्गम नायकवाडा गाविस वडा नं २ जिरीकी ३४ वर्षीया वसन्ता विकको मृत्यु भएको छ ।

सुत्केरी बेथा लागेको लामो समय बिते पनि स्वास्थ्य संस्था नजिक नभएका कारण उपचार हुन नसकेको हो । सोमबार बिहान विकको सुत्केरी हुन नसकेर मृत्यु भएको सोही गाविसकै सुरेन्द्र सिंहले जानकारी दिनुभयो ।

जिरीबाट सिलिङ्गी स्वास्थ्य चौकी आउन ५ घन्टा लाग्ने गर्छ ।

Views: 174

प्रतिक्रिया (०)