Aamsanchar

संविधान त्रुटिपूर्ण छ, सच्याउनुपर्छ–डा. भट्टराई

Author Image
सोमवार, साउन ३१, २०७३

तनहुँ ।

Baburam-Bhattarai

नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले अहिले बनेको संविधान त्रुटिपूर्ण रहेकाले सच्चाएर अघि बढ्नुपर्ने धारणा राख्नुभएको छ ।

प्रेस सोसाइटी नेपाल तनहुँ शाखाले सोमबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा भट्टराईले भन्नुभयो – “संसदीय प्रणालीबाट जाने परिपाटीको अन्त्य गरिनुपर्छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जाने व्यवस्था हुनुपर्छ ।”

तोकिएको म्यादी सरकारले काम गर्न कठिन हुन्छ, डा भट्टराईले भन्नुभयो – “कम्तीमा पनि पाँच वर्ष शासन व्यवस्था चलाउन पाउने प्रावधान बन्नुपर्छ ।”

म्यादी सरकार बन्दा कर्मचारीले नटेर्ने र अन्य निकाय सक्रिय नहुने हुँदा सोचेअनुरुप काम गर्न कठिन परिस्थिति सिर्जना हुन सक्छ उहाँले भन्नुभयो ।

संविधान बनेपछि सीमाङ्कनको विषयमा आन्दोलन भइरहेकाले संविधान संशोधन गरी उनीहरुको माग पूरा गर्नेतर्फ सरकार सक्रिय बन्नुपर्ने उहाँको धारणा थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर