Aamsanchar

आगलागी पीडितलाई घर हस्तान्तरण

Author Image
सोमवार, साउन ३१, २०७३

पथरी (मोरङ) ।

ghar 5(1)

आगलागीबाट घरबारविहीन भएका मोरङ सिध्राहाका पाँच परिवारलाई घर हस्तान्तरण गरिएको छ ।

फुसको छानो भएको घरमा आगलागी हुँदा बिचल्ली भएका परिवारलाई भ्रातृ सामुदायिक कल्याण समाज विराटनगरको सहयोगमा निर्मित टिनको छाना भएको पक्की घर हस्तान्तरण गरिएको हो । समाजले आज आयोजना गरेको कार्यक्रममा जिविसका लेखा अधिकृत यमनाथ गिरीले पीडितलाई घर हस्तान्तरण गर्नुभयो ।

गत चैत २६ गते विद्युत् चुहावट भई आगो लाग्दा सिध्राहा–१ लौवटोलीका उर्मिलादेवी माझी, प्रकाश विश्वास, जीवनलाल राजवंशी, मनुलाल राजवंशी र फरविया राजवंशीको घर जलेर नष्ट भएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मोरङका सुशील घिमिरेले ९९ प्रतिशत आगलागीका घटना मानवीय हेलचेक्य्राइँले नै हुने गरेकाले सजगता अपनाउनुपर्ने धारणा राख्नुभयो ।

समाजले घर बनाइदिएपछि आगलागीका कारण बिचल्लीमा परेका पाँच परिवार पुनःस्थापित भएको सिध्राहा गाविसका सचिव राजनप्रसाद भण्डारीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर