Aamsanchar

सहिद तथा बेपत्ता योद्धा परिवारलाई राहत दिइने

Author Image
मङ्गलवार, साउन ३२, २०७३

काठमाडौँ।

prachanda-e1468313799387

प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्दै सहिद तथा बेपत्ता योद्धा परिवारलाई राहत दिन आफ्नो ध्यान जाने बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सहिद तथा बेपत्ता परिवारसित आज सामूहिक रुपमा भेट गर्दै उहाँले भन्नुभयो–“सहिद तथा बेपत्ता योद्धा परिवारप्रति के गर्न सकिन्छ, यसतर्फ अधिकतम प्रयास गर्नेछु, म पहिलो पटक प्रधानमन्त्री भएको समयमा जनयुद्धका सहिदलाई राज्यबाट सहिद घोषणा गर्ने, रु १० लाख दिने निर्णय भएको थियो, अहिले पनि पद सम्हालेपछि रु पाँच लाख दिने निर्णय गरेको छु, म सहिद तथा बेपत्ता परिवारको समस्याप्रति संवेदनशील छु । ”

सो अवसरमा प्रधानमन्त्रीलाई सहिद तथा बेपत्ता परिवारले बेपत्ताको अवस्था सार्वजानिक गर्न, जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्न, सहिद परिचयपत्रको व्यवस्था गर्न र शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन अनुरोध गरेका थिए । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर