Aamsanchar

सात उद्योगमा सिलबन्दी

Author Image
मङ्गलवार, साउन ३२, २०७३

काठमाडौँ,।

kmfd]{;L lznaGbL wfkf;Ld} /x]sf] …;'ehLt kmfd]{;Ln]Ú nfu' cf}iflwsf] ?kdf k|of]u ul/g] cf}iflwnfO{ 8fS6/sf] cg'dltljgf laqmL u/]sf] kfPkl5 ;f] kmfd]{;L lznaGbL ul/Fb} . tl:a/ /f;; zld{nf kf7s, /f;;

सरकारले नियमविपरीत सञ्चालन भएका विभिन्न सात उद्योग व्यवसायमा सिलबन्दी गरेको छ ।

आज आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण मञ्च, खाद्य संस्थान नेपाल र राष्ट्रिय उपभोक्ता मञ्चले संयुक्तरुपमा गरेको अनुगमनबाट नियमविपरीत सञ्चालन भएका सात उद्योगमा सिलबन्दी गरिएको आपूर्ति विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी गराउनुभयो ।

उहाँका अनुसार सिलबन्दी गरिएका सातमध्ये तीन खानेपानी उद्योग, तीन औषधि पसल तथा पोलिक्लिकल र एक पेट्रोलपम्प रहेका छन् । सिलबन्दी गरिएका तीन पानी उद्योगमा बूढानीलकण्ठका क्षेत्रका रहेका छन् । उहाँका अनुसार ग्रिनवेरी वाटर इन्डस्ट्रि, प्राची स्प्रीङ वाटर सोलुसन र बूढानीलकण्ठ मिनरल वाटर इन्डस्ट्रि छन् ।

यसैगरी अनुगमनका क्रममा नवीकरण नगरेका सिनामङ्गल क्षेत्रका तीन औषधि पसल पनि बन्द गरिएको छ । श्रेष्ठका अनुसार ज्ञानगङ्गा फार्मेसी, एमभी पोलिक्लिकल र सिनामङ्गल हेल्थ केयर रहेका छन् । उहाँका अनुसार भक्तपुरमा रहेको न्यू महेश्वरी फ्युल सेन्टरमा पनि सिलबन्दी गरिएको छ ।

आज मन्त्रालयले दूध, पानी, खाद्यान्न, औषधि, पेट्रोललगायत ११ आम उपभोक्ता सङ्घ प्रत्यक्ष सरोकार वस्तुका उपत्यका क्षेत्रका ५५ उद्योग व्यवसायमा अनुगमन गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर