स्याङजा,

६० वर्षकी एक वृद्धालाई बलात्कार गरेर फरार भएका पर्वत त्रिवेणी गाविस–७ का झकबहादुर राना जिटीलाई वडा प्रहरी कार्यालय वालिङको टोलीले पक्राउ गरेको छ ।

प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार पर्वतको त्रिवेणी गाविस–७ बस्ने ३५ वर्षका झकबहादुरलाई मंगलबार पक्राउ गरिएको हो ।

मकैबारीमा काम गरिरहेकी वृद्धालाई झकबहादुरले बलात्कार गरेर वृद्धाले लगाएको तिलहरी र अन्य गहना चोरी गरेका प्रहरी निरीक्षक बरालले बताउनुभयो । फरार रहेको झकबहादुरलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा जबर्जस्ती करणी तथा चोरी मुद्दामा म्याद थप गरी कारबाही अगाडी बढाएको छ ।


झकबहादुरले यही साउन २१ गते बेलुका ६ बजेतिर ती वृद्धाको बलात्कार गरेको प्रहरीले जनाएको छ ।
Views: 186

