Aamsanchar

तस्करबीच गोली हानाहान, एक जनाको मृत्यु

Author Image
मङ्गलवार, साउन ३२, २०७३

Iraq

वीरगन्ज ।

नेपाली सेनाले सुरक्षा दिदै आएको पर्सा वन्य जन्तु आरक्षको जङ्गलमा गाजा तस्करबीच गोली हानाहान हुदा एकजना तस्करको मृत्यु भएको छ ।

मकवानपुरको पहाडी भेगबाट गाँजा लिएर पर्सा तर्फ आउदै गरेका तस्करबीच गोली हानाहान हुँदा तस्कर मध्येकै पर्साको सोनवर्षा गाविस वडा नम्बर ७ का ५१ बर्षीय महम्जान मियाँ मारिएका हुन् ।

गत शुक्रबार गाजा लिन घरबाट हिडेका मियाँको शव पर्सा वन्य जन्तु आरक्षको जंगल भित्र रहेको घोडा मसान खोला नजिकै फेला परेको हो ।

आरक्ष भित्र रहेको नेपाली सेनाको चरभैया पोष्टलाई स्थानीय एक व्याक्तिले जंगल भित्र खोला नजिक पुरुषको शव देखा परेको भनेर खबर गरेपछि सेनाले इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीलाइ सोमबार साँँझ खबर गरेको थियो ।

सेनाको खबरपछि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक गोपाल ढकालको नेतृत्वमा गएको प्रहरी र सेनाको टोलीले जंगल भित्रको खोला नजिकबाट मियाँको शव बरामद गरेको प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।

मृतक मियाँको शरीरमा गोली लागेको जस्तो ११ वटा घाउँको प्वाल देखिएको बताउदै प्रहरी उपरीक्षक श्रेष्ठले शव पोष्टमार्टमका लागि मङगलबार नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको जानकारी दिए ।

मृतकको शरिरको कोखा, ढाड, तीघ्रा , कुमसँगै शरीरका विभिन्न ११ ठाउँमा स–साना प्वाल परेका छन् ।  उनले भने, ‘झट्ट हेर्दा गोली लागेको जस्तो देखिन्छ, तर पोष्टमार्टम रिपोर्ट नआएसम्म यकिनका साथ भन्न सकिदैन ।’

मकवानपुरको पहाडी भेगबाट पर्सा वन्य जन्तु आरक्षको जंगल हुदै पर्साबाट भारतसम्म हुदै आएको गाजाको तस्करी गर्ने गिरोहमा मिया पनि संलग्न रहेको प्रहरी श्रोतले जनाएको छ ।

मियाको शव आरक्षको जंगल भित्र मकवानपुरको ठिक सीमाना फेला परेकाले गाजा तस्करबीच भएको गोली हानाहानमै उनी मारिएको एक प्रहरी अधिकृतले बताए ।

शुक्रबार घरबाट हिडेका मियाँ मकवानपुरबाट गाजा लिएर पर्सा आउने क्रममा झडप भएको प्रहरीको दाबी छ ।  पर्सा जिल्लामा पाँच वर्ष यता गाजाको उत्पादन बन्द भएपछि मकवानपुर र धादिङको पहाडी भेगमा उत्पादित गाजा र चरेश तस्करहरुले पर्सा वन्य जन्तु आरक्षको जंगलको बाटो प्रयोग गरेर पर्साको ग्रामीण नाका हुदै भारतमा पुरयाउदै आएका छन् ।

तस्करीको रकम लेनदेनमा कुरा नमिल्दा  तस्करबीच झडप हुने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)