Aamsanchar

प्रचण्डको पहिलो महिनाको तलब धुर्मुस–सुन्तलीलाई

Author Image
बुधवार, भदौ १, २०७३

काठमाडौः 

prachanda-with-dhurmus-and-suntali-57b3f97a3fbae0.61120182

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो महिनाको तलव धुर्मुस–सुन्तली फाउण्डेसनलाई दिने भएका छन्।

प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा बुधवार बिहान धुर्मुस–सुन्तलीसँग भएको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो महिनाको तलब धुर्मुस–सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गर्ने घोषणा गरेको उनको निजी सचिवालयले जनाएको छ।

‘भूकम्पपछि आएको मानवीय विपत्तिलाई राहत दिन तपाईँहरु (धुर्मुस–सुन्तली)ले चलाएको अभियान प्रशंसनीय छ। यसले देशैभरि सकारात्मक सन्देश दिएको छ। म तपाईँहरुको अभियानमा सँगै छु। अहिले तत्कालका लागि मेरो पहिलो महिनाको व्यक्तिगत तलव फाउण्डेसनलाई सहयोग गर्नेछु,’प्रचण्डले भने।

भेटमा धुर्मुस–सुन्तलीले निर्माण गरेको एकीकृत नमुना बस्तीलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता प्रधानमन्त्री प्रचण्डले जनाएका छन्।प्रधानमन्त्रीले सरकार र नागरिक मिलेर पुनर्निर्माणलाई उत्साहवद्र्धक बनाउनु पर्नेमा जोडसमेत दिएका थिए।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा धुर्मुस–सुन्तलीले आफूहरुलाई सरकारले सरसफाई दूत नियुक्त गरे पनि सामाजिक अभियानमा गर्न सक्ने सहयोगका लागि पर्याप्त अधिकार नभएको, पुनर्निर्माणले तीब्रता नपाएको भन्दै नयाँ सरकार यसबारेमा गम्भीरताका साथ लाग्नु पर्ने सुझाव दिएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर