Aamsanchar

चलचित्र निर्माता रोज राणामाथि आक्रमण गर्ने दुई जना पक्राउ

Author Image
बुधवार, भदौ १, २०७३

roj rana

काठमाडौं ।

चलचित्र निर्माता रोज राणामाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । माहानगरीय प्रहरी कार्यललयले उक्त आक्रमणमा संलग्न भएका भक्तपुर सिद्धपोखरी घर भइ हाल काठमाडौं नयाँबजारमा बस्ने  २८ वर्षीय मोटे भनिने विवेचन प्रजापति र धादिङ कटुन्जे घर भइ काठमाडौं नयाँबजारमा बस्ने १८ वर्षीय सुर्य लामालाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुका साथबाट एउटा पल्सर मोटरसाइकल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई मंगलबार नयाँबजारबाट पक्राउ गरिएको हो। उनीहरुले जोधा भनिने गुण्डा नाइके रतनबाहादुर लामाले आफूहरुलाई  राणामाथि आक्रमण गर्न ५० हजार रुपैयाँ दिएको बताएको प्रहरीले जनाएको छ ।

हाल उनीहरुलाई थप अनुसन्धानका लागि नयाँ बानेश्वर प्रहरी वृत्त पठाइएको प्रहरीले जनाएको छ। राणामाथि गत आइतबार बेलुका पुरानो बानेश्वरस्थित सेन्ट क्याफे अगाडि खुकुरी प्रहार भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर