इनरुवा ।
सुनसरीको मधेसा गाविस–५ मा बुधबार सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ ।
सर्पको टोकाइबाट मृत्यु हुनेमा मधेसा– ५ बस्ने ७२ वर्षीय गङ्गाराम मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घर नजिकै रहेको जङ्गलमा घाँस काट्न जाने क्रममा मेहतालाई सर्पले डसेको र उपचारका लागि जिल्ला अस्पताल इनरुवा सुनसरी ल्याएकामा उहाँको उचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 153