Aamsanchar

युवतीको हत्यापछि युवकले पनि विष सेवन

Author Image
बुधवार, भदौ १, २०७३
पोखरा । 
पोखराको सिमलचौरमा एक युवकले खुकुरी प्रहार गरी युवतीको हत्या गरेका छन्। बुधबार दिउँसो मृतक युवतीको कोठामै पुगेर युवकले खुकुरी प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।
युवतीको हत्यापछि युवक आफूले पनि विष सेवन गरेको प्रहरीेले जानकारी दिएको छ । युवकलाई उपचार गर्न लगिएको छ भने युवतीको मृत्यु भईसकेको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार उनीहरु पूर्व पतिपत्नी हुन् । उनीहरुको केही महिना अगाडि पारपाचुके भएको थियो। युवती भाडामा बस्दै आएको कोठामा आएका युवकले कोठा बाहिर ल्याएर खुकुरी प्रहार गरी हत्या गरेका थिए । युवती कराए पछि स्थानीय घटनास्थल पुगेका थिए।
अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको उनीहरुको नाम र ठेगाना खुल्न बाँकी रहेको कास्की प्रहरी प्रवक्ता गुजुसिद्धि ब्रजार्चाले बताए।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर