Aamsanchar

एमाले नेता पोखरेलको निधन

Author Image
बिहिवार, भदौ २, २०७३

उर्लाबारी (मोरङ)।

नेकपा (एमाले) मोरङका पुराना नेता कमल पोखरेलको बुधबार निधन भएको छ । मधुमेहवाट पीडित ६९ वर्षीय पोखरेलको निधन भएको एमाले मोरङ अध्यक्ष महेश रेग्मीले जानकारी दिनुभयो ।

उहाँको स्थानीय हाटखोलामा बुधबार नै दाहसंस्कार गरिएको छ । उहाँको पार्थिव शरीरमा एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले पार्टीको झन्डा ओढाउनुभएको थियो । उहाँ विराटनगर–१४ का पूर्वजनप्रतिनिधि पनि हुनुहुन्थ्यो ।

यस्तै, एमालेका अर्का नेता लेटाङका हिमाल राईको १३औँ दिनको पुण्यतिथिमा एमाले मोरङले बुधबार श्रद्धाञ्जलि सभा आयोजना गरेको थियो । श्रद्धाञ्जलि सभामा मोरङ अध्यक्ष रेग्मीलगायत उत्तरी मोरङका पार्टी नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर