Aamsanchar

क्वाटी खानुको रहस्य

Author Image
बिहिवार, भदौ २, २०७३

काठमाडौं ।

परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । विभिन्न थरीका नौ गेडगुडीको टुसा  उमारी पुर्णिमाका दिन क्वाटी खाने गरिन्छ । शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि क्वाँटीको विशेषता छ ।

मास, भटमास, मुङ, ठूलो केराउ, सानो केराउ, चना, सिमी र बोडीको मिश्रण नै क्वाँटी हो । धार्मिक मान्यताअनुसार प्रत्येक श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको रातमा क्वाँटी खाने चलन छ । क्वाटी जनै पूर्णिमाको विशेषता नै हो । त्यसैले पनि क्वाटी किन्नका लागि बजारमा बिशेष घुइँचो देखिन्थ्यो भने व्यापारीहरु क्वाटी बेच्न व्यस्त थिए । परम्पराअनुसार क्वाटी खाने चलन भएकाले सर्वसाधारणले क्वाटी किनेको बताँउछन् ।  तर क्वाटीको मूल्य भने विगतको जस्तो छैन । पहिलेदेखि नै चलिआएको परम्परा भएकाले आकाशिएको मूल्यमा नै क्वाटी किनेको उनीहरुको भनाई छ । विहान बाह्रमणले जपेको तावा हातमा बाँध्ने, दिदिबहिनीले आफ्ना दाजुभाईलाई हातमा राखी बाध्ने र बेलुका नौ प्रकारका गेडागुडी मिश्रित क्वाटी खाने हिन्दु मान्यता छ । खासगरी नेवार समुदायमा क्वाटी खाने प्रचलन बढी छ । नेपाल कृषिप्रधान मूलुक भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाटी खाने गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 435

प्रतिक्रिया (०)

सम्बन्धित खबर