Aamsanchar

आमूल परिवर्तनका लागि मोर्चा गठन

Author Image
बिहिवार, भदौ २, २०७३

इटहरी ,

images

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्यले सम्पूर्ण नेपालीको मुक्तिका लागि आमूल परिवर्तन जरुरी रहेको र त्यसका लागि विचार मिल्ने राजनीतिक समूहसँग मिलेर मोर्चा गठन गरिने बताउनुभएको छ ।

राष्ट्रियता, जनजीविका र जनताको न्यायिक स्वतन्त्रताको पक्षमा जनमत तयार गर्नका लागि पनि मोर्चा आवश्यक रहेको अध्यक्ष वैद्यले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उल्लेख गर्नु भयो ।

पुरानो राज्यसत्तामा तात्विक फरक नआएको र सत्तामा पुग्नेहरु विभिन्न नाममा पुरानै अनुहार दोहोरिरहने भएकाले त्यसलाई आमूल फेरबदल गर्नका लागि पनि सशक्त शान्तिपूर्ण आन्दोलन जरुरी रहेकाले त्यसको मोर्चाबन्दीको अगुवाइ गर्न सिपी गजुरेलको अध्यक्षतामा मोर्चाको घोषणा गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा मोर्चाका अध्यक्ष सिपी गजुरेलले माओवादी केन्द्रका नेताहरुको गम्भीर भुलकै कारणले हामीले उनीहरुबाट छुट्टै बस्नुपर्ने बाध्यात्मक अवस्था आएको र सोही कारणले अर्को आमूल परिवर्तनका लागि आन्दोलन जरुरी रहेको महसुस गरिएको हो भन्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर