Aamsanchar

रक्सी सेवनबाट तेह्रको मृत्यु

Author Image
बिहिवार, भदौ २, २०७३

नयाँ दिल्ली (भारत) ।

गैरकानुनी रुपमा उत्पादित मदिरा सेवन गरी मङ्गलबार राति भारतीय पूर्वी राज्य विहारमा कम्तिमा १३ जनाको मृत्यु भएको भारतीय उच्च प्रहर िअधिकारीले बताएका छन् ।

मदिरा सेवन गरी बिरामी परेका पाँच जना अन्य नागरिक पनि अस्पतालमा गम्भीर अवस्थामा उपचार सेवा दिइरहेको छ । उपचाररत व्यक्तिका पनि शारीरिक अवस्था अत्यन्त कमजोर रहेकोले मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्यामा वृद्धि हुनसक्ने उनले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा बताए ।

विहारको गोपालगन्ज जिल्लामा मङ्गलबार साँझ विषाक्त मदिरा पिएका स्थानीयले श्वासप्रश्वासमा समस्या हुने, पेट दुख्ने अनि बान्ता हुने समस्या देखिएपछि करिब एक घण्टाभित्रै उनीहरुको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट प्रहरीले जानकारी प्राप्त गरेको उहाँको भनाई थियो । उपचाररत पाँच जना पनि गम्भीर अवस्थामा अस्पतालमा रहेको बताइएको छ ।

घटनापछि राज्य सरकारद्वारा मदिरा सेवनबाट मृत्यु भएको सम्बन्धमा वास्तविकता पत्तालगाउन छानबिन समिति गठन गरी दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको छ ।

विहारका मुख्यमन्त्रीले निर्वाचनमा प्रतिबद्धता जनाएअनुसार मदिरा उत्पादनमा गत मार्चदेखि रोक लगाएपछि पनि भएको घटनाले स्थानीय प्रशासनको कामकार्वाहीमाथि प्रश्न चिन्ह लागेको भनी स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

राज्य सरकारले मदिरा उत्पादनमा लगाएको प्रतिबन्ध उल्लङ्घन गरेको आरोपमा राज्यभर करिब चार हजार मानिसलाई पक्राउ गरेको छ ।

मङ्गलबारको शङ्कास्पद अवैध मदिरा उत्पादन गर्ने कसैलाई पनि बुधबार अपराह्नसम्म नियन्त्रणमा लिइएको छैन ।

भारतीय प्रहरीले छानबिनले दोषी ठह¥याउने जो कोहीलाई पक्राउ गरी कडा कानुनी सजाय हुने बताएको छ । रासस÷सिन्ह्वा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर