Aamsanchar

नेपालकी बालिका बिहारबाट अपहरणमुक्त

Author Image
बिहिवार, भदौ २, २०७३

balika apaharan muktaa

सप्तरी । 

 सप्तरी प्रहरीले जिल्लाकी एक ७ वर्षीया बालिकालाई भारतको बिहारबाट सकुशल अपहरण मुक्त गराउन सफल भएको छ ।

प्रहरीले सप्तरीको नर्घो गाविस–६ निवासी लक्ष्मण मण्डलकी ७ वर्षीया छोरी सन्तोषी मण्डललाई भारतको बिहार राज्यस्थित मधुवनी जिल्लाको लौकही थानाको करियौत पञ्चायतबाट सकुशल मुक्त गरेको हो ।

सन्तोषीलाई बुधबार साँझ ४ बजे अपहरण गरी सीमावर्ती क्षेत्र बिहारको लौकही हुँदै करियौत पु¥याएपछि स्थानीय झुट्की प्रहरी र राजविराजबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा बालिकालाई अपहरण मुक्त गराउन सफल भएको सप्तरीका प्रहरी उपरीक्षक भिम ढकालले जानकारी दिए ।

अपहरणकारीले नाबालिकालाई के कारणले अपहरण गरेको भन्ने कुरा खुल्न नसकेपनि प्रहरीले व्यक्तिगत रिसिबीका कारण अपहरण गरेको हुन सक्ने आशंका व्यक्त गरेको छ ।

प्रहरी उपरीक्षक ढकालले अपहरणमा संलग्न एक अपहरणकारीको पहिचान भइसकेकाले उसलाई चाँडै पक्राउ गर्ने दाबी समेत गरे ।

यसअघि पनि सप्तरी प्रहरीले गत साउन ६ गते जिल्लाको रौतहट गाविसबाट अपहरणमा परेका एक ८ वर्षीय नाबालकलाई सकुशल मुक्त गराउन सफल भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)