Aamsanchar

वन समूहको विवादमा ढुंगाले हानेर एकको हत्या

Author Image
बिहिवार, भदौ २, २०७३

dhungale haneko

रोल्पा ।

वन समूहको बैठकमा विवाद हुँदा रोल्पाको जौलिपोखरीमा विहीबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६३ वर्षीय खरवीर बस्नेत छन् ।

भीरकुना सल्लेरी सामुदायिक वन उपभोक्ता समूह जौलिपोखरी–२ लामीडाँडाको बैठकमा भएको विवादमा स्थानीय बलबहादुर बुढाले ढुंगाले हानेर बस्नेतको हत्या गरेको प्रहरीले जनाएको छ ।

रुख काटेको विषयमा उपभोक्ता समिति र बस्नेतबीच यसअघि नै मिलापत्र भइसके पनि मादकपदार्थ सेवन गरेका कारण उनीहरुबीच भएको विवादले उग्ररुप लिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)