काठमाडौँ ।
नेपाली वर्णविन्यासमा लेख्य परम्पराको संरक्षणका लागि नेपाली भाषा बचाऔँ अभियानले मौनव्रत सुरु गरेको छ ।
केही भाषाविद्ले नयाँ शब्दकोषका माध्यमबाट वर्णविन्यासको मौलिकतामाथि प्रहार गरेको जनाउँदै त्यसमा पूर्ववत् परम्परा कायम गर्ने माग राख्दै मौनव्रत बसेको अभियानकर्ता मेदिनीकुमार केवलले जानकारी गराउनुभयो ।
व्रत बस्नेमा केवल, रामेश्वर मातृदास, नारायणप्रसाद अर्याल, मणिराम शर्मा, सविता कुल्मी, घिमिरे मैदिली, पे्रमबहादुर कार्की लगायत रहनुभएको छ ।
कार्यक्रममा चूडामणि गौतम, डा बलदेव अधिकारी, शरच्चन्द्र वस्ती र विष्णु प्रभातले नेपाली भाषाको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 199