Aamsanchar

यौनसम्पर्क गर्न नमानेपछि….

Author Image
शुक्रवार, भदौ ३, २०७३

Sex-Mahila-1

 

[छिमेकीले राखिदिए सेक्स क्लिप यूट्यूबमा]

बलिया ।

भारतको उत्तर प्रदेशस्थित बलियामा एक किशोरीसँग बलात्कार गरी बनाइएको भिडियो सोशल नेटवर्किङ र यूट्यूबमा राखेको खबर आएको छ । यो घटनासँगै बलात्कृत भएकी युवती र परिवार तनावमा परेको छ ।

पुलिस अधीक्षक मनोजकुमार झाले बलिया शहर कोतवाली निवासी १६ वर्षीय युवतीलाई छिमेकी युवकहरूले गएको १० सेप्टेम्बरमा ननिहाल गाजीपुर लगेर गएका थिए । सोही स्थानमा किशोरीलाई नशालु पदार्थ खुवाएर साथीसँग मिलेर बलात्कार गरेको पुलिस अधीक्षक झाले बताएका छन् । बलात्कारको भिडियो बनाएर ती युवकले यूट्यूब र सामाजिक सञ्जालमा राखेका हुन् ।

युवतीलाई आरोपी युवकले भिडियो क्लिप सोशल साइटमा राख्ने डर धम्की दिएर लामो समयदेखि यौनसम्पर्क गर्दै आएको खुलेको छ । युवकले आफ्ना साथीहरूलाई पनि यौनसम्पर्क गराउन दबाब दिँदै आएको खुलेको छ । युवकले युवतीले यौनसम्पर्क गर्न नमानेपछि सेक्स भिडियो क्लिप यूट्यूब र सामाजिक सञ्जालमा हालेको अनुसन्धानबाट खुलेको छ ।

युवती र पीडित परिवारले घटनाका सम्बन्धमा प्रहरीमा उजुरी दिएपछि युवकलाई पक्राउ गरेर कारबाही भएको छ । सेक्स क्लिप यूट्युवमा हाल्ने ती युवक अहिले प्रहरी खोरमा सजाय काटिरहेका छन् । – एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर