Aamsanchar

अन्यत्र पढाउने सरकारी तथा आङ्गिक क्याम्पसका प्राध्यापकमाथि कारबाही सुरु

Author Image
शुक्रवार, भदौ ३, २०७३

चितवन ।

सरकारी तथा आङ्गिक क्याम्पसमा पढाउने समयमा अन्य क्याम्पसमा पढाउन जाने प्राध्यापकमाथि कारबाही सुरु गरिएको छ ।

जिल्ला प्रशासनले एउटा सरकारी र पाँचवटा आङ्गिक क्याम्पसबाट कारबाही थालेको हो ।

प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पस र त्रिविबाट सम्बन्धन पाएका सप्तगण्डकी, बालकुमारी, मैयादेवी, सहिद स्मृति र सहिद स्मारक कलेजमा कुन प्राध्यापकले पढाउने समय कुन हो ? विस्तृत विवरण मागिएको बताउनुभयो ।
विवरण हेरेर एउटै प्राध्यापकले एकै समयमा दुई वा सोभन्दा बढी क्याम्पसमा पढाएको पाइएमा सम्बन्धित विश्वविद्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कारबाहीका लागि लेखी पठाउने उहाँले बताउनुभयो ।

रत्ननगरको सहिद स्मृति कलेजबाहेकका अन्य क्याम्पसबाट प्राध्यापकको विवरण र पढाउने समयसम्बन्धी विवरण अध्ययन भइरहेको छ ।

यहाँका सरकारी र सामुदायिक क्याम्पसमा हाजिर गरेर एक÷दुई पिरियड पढाउने अनि निजीमा हेल्मेट टिचरका रुपमा दौडिनेको सङ्ख्या अधिक भएपछि जिल्ला प्रशासनले कारबाही अघि बढाएको हो । सरकारी र सामुदायिक क्याम्पसमा पढाउने समयमा निजीमा भेटिएमा तिनीहरुलाई पक्राउ गरी मुद्दासमेत चलाइने प्रजिअ सिंहले बताउनुभयो ।

उहाँले भन्नुभयो – त्यसको अनुसन्धानका लागि प्रहरी परिचालन भइसकेको छ । निजी कलेजलाई समेत अन्यत्र पूर्णकालीन भएको समयमा कक्षा नदिनसमेत भनिसकिएकाले अटेर गर्ने क्याम्पस प्रमुखलाई समेत कारबाही गरिने छ ।

अस्पताल र त्यहाँ काम गर्ने चिकित्सकको भन्दा प्राध्यापकको निजी धाउने अवस्था झन जटिल रहेको गुनासो बढेपछि प्रशासन निगरानीमा लागेको हो ।

प्राध्यापक सङ्घका केन्द्रीय महासचिव प्रकाश अधिकारीले एउटै समयमा अन्यत्र पढाउन जानु बौद्धिक समुदायको बेइज्जत भएकाले त्यस्ता प्राध्यापकको संरक्षण सङ्गठनले गर्न नसक्ने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर