Aamsanchar

शौचालय गएकी बालिकाको मुख थुनेर सामुहिक बलात्कार

Author Image
शुक्रवार, भदौ ३, २०७३
balatkari

चन्द्रपुर ।

एक १२ वर्षीया बालिकालाई सामुहिक बलात्कारका आरोपित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । अन्य तीन जना भने फरार छन् ।

रौतहटको सिम्राभवानीपुर गाविसका ३० वर्षीय सलाहुद्धिन अन्सारी, २६ वर्षीय असताफ देवान, ३५ वर्षीय सहीद अन्सारी र १८ वर्षीय असरफ मिंयाले साउन ३१ गते राती सामुहिक बलात्कार गरेको भन्दै पीडित पक्षले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएका छन् ।

बालिका राति करिब ८ बजे शौच गर्न घर नजिकै रहेको पोखरी छेउमा गएको अवस्थामा आरोपित मध्येका असरफ मिंया र असताफ देवानले मुख थुनेर  सिम्रा भवानीपुर गाविस–२ मा रहेको वाल मेमोरियल एकेडेमी स्कुल पछाडिको खेतमा लगेर सलाहुद्धिन अन्सारी र असरफ मिंयाले बलत्कार गरेको आरोप छ ।  अन्य आरोपिले बालिकालाई समातेर राखेको भन्दै उजुरी परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

उजुरीको आधारमा आरोपित मध्येका सलाहुद्धिन अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो । एकबर्ष यता बलत्कार का ८ वटा घटना भएको मा दुई घटनामा बालबालिका रहेकाले अदालतले छाडेको पाँच जना कारगार चलान भएको र एउटा घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी मनोज कुमार यादवले जानकारी दिए ।

बलात्कारको घटनामा दोषि ठहर भएकालाई १० बर्ष देखि ५४ बर्ष सम्मको कैद सजाय अदालतले सुनाएको छ । एक बर्षमा रौतहट जिल्लामा १४ वटा बलात्कारका घटना भएको १४ जनालाई पक्राउ गरिएको र तीन जना फरार रहेको   जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविनकृष्ण भण्डारीले बताए।

पछिल्लो बर्षहरुमा चार देखि १५ बर्ष उमेरका बालिका बलात्कृत हुने गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)