Aamsanchar

उत्कृष्ट कृषकको घरमा दिउसै लाखौंको धनमाल चोरी

Author Image
शनिवार, भदौ ४, २०७३

सुरुङ्गा (झापा) ।

यस वर्षको उत्कृष्ट कृषि पुरस्कार पाउनुभएकी देवी दाहालको घरमा शुक्रबार दिउसै चोरी भएको छ ।
शिवसतासी मौरी पालन सहकारी संस्थाकी व्यस्थापक समेत रहनुभएकी दाहालको घरमा दिउसै चोरी भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । उहाा शिव सतासीनगरपालिका – ७ निवासी हुनुहुन्छ । दिउसो सहकारीमा गएको र घरमा कोही नभएको अवस्थामा उहााको घरमा चोरी भएको बताइएको छ ।
दाहालका घरबाट सात तोला सुन र तीन तोला चाादीका गहरगहना चोरी भएको बताइएको छ । दाहालका अनुसार सुनको चुरा एक थान, जन्तर २ थान, कानको झुम्का २ जोर, औंठी ४ वटा, तिलहरी १ थान , मंगलसुत्र १ थान र पाउजु चोरी भएको छ ।
दराजमा राखेको सुन र चाादीका गहरगहना ढोका फुटाएर चोरी गरेको दाहालले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)