Aamsanchar

तीन बालबालिकालाई भारतीयले अवैध रुपमा धर्मपुत्र बनाएको खुलासा

Author Image
शनिवार, भदौ ४, २०७३

कञ्चनपुर।

अढाइ वर्षदेखि बेपत्ता एकै घरका तीन बालबालिकालाई भारतीयले अवैध रुपमा धर्मपुत्र बनाएको रहस्य खुलेको छ ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले बालबालिकाकी फुपू चनिया रानालाई कार्यालयमा बोलाएर सोधपुछ गरेपछि भारतको किच्छा र बरेलीमा धर्मपुत्रपुत्री बनाइएको रहस्य खुलेको हो ।

चनियाले बालबालिकाका बुबा दानबहादुरले नै धर्मपुत्रपुत्री बनाउन दिएको जिकिर गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

चनियाकी दिदी खट्टीले चनिया र गङ्गाराम रानाले पढाइ दिने आश्वासन दिएर बालबालिकालाई भारत लगेको प्रहरीमा उजुरी दिनुभएको छ । उजुरी परेपछि प्रहरीले चनिया र गङ्गारामको खोजी गरेको छ ।

चनिया प्रहरीको सम्पर्कमा आए पनि गङ्गाराम आएका छैनन् । निवेदनपछि जिल्ला प्रशासन कार्यालयले बालबालिकालाई भारततर्फ लग्ने कार्यमा संलग्न भएको अभियोग लागेकाहरुलाई पक्राउ गर्न निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 240

प्रतिक्रिया (०)