Aamsanchar

घुस खाए सचिव राजेन्द्रले,दोष अरुलाई

Author Image
शनिवार, भदौ ४, २०७३

[नक्कली नागरिकता सिफारिस प्रकरण]

ali-tagan

press-bigyapti-e1471659894427
बिर्तामोड ।

६० हजार रुपैया घुस लिएर नागरिकताका लागि सिफारिस गर्ने टाघनडुब्बा गाउ विकास समितिका सचिव राजेन्द्र पराजुली उक्त प्रकरणमा सर्जमिन गर्ने स्थानीय पाच जना र राजनीतिक दलका एक स्थानीय नेता दोषी रहेको भन्दै पन्छिएका छन् ।
घुस लिएर नागरिकता सिफारिस गरेको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएपछि उनले त्यो दोष अन्तै पन्छाएको बुझिएको छ । सचिव पराजुलीले टाघनडुब्बा–४ठेगाना बताउने जमिल अलीको नागरिकता बनाउन घुस लिएको आरोप छ । सचिव पराजुलीले जन्मदर्ता बनाए वापत २० हजार र नागरिकता सिफारिसका लागि ४० हजार रुपैयाा लिएको आरोप छ । उनले सर्जमिनमा बस्ने ५ जना स्थानीय मानिसको किटानी सर्जमिनका आधारमा उक्त नागरिकता सिफारिस भएको दावी गरेका छन् । उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दावी गर्ने पराजुली नै उक्त प्रकरणको योजनाकार रहेको समाचारस्रोतको दावी छ ।
जमिल र निजसाग सम्बन्धित हजरत अलीका साथै सर्जमिनमा बस्ने ५ जना स्थानीयले झुठो विवरण पेश गरेर आफूलाई फसाउन खोजेको सचिव पराजुलीको दावी छ । जमिललाई नागरिकता दिलाउन स्थानीय अमालो भाम, इजमाइल हक, भगिरथ हरिजन, सलिम मिया, महमद अख्तार मियाले सर्जमिनमा हस्ताक्षर गरेको बताइएको छ ।
यता सचिव पराजुलीले जमिललाई नागरिक दिन नेकपा माओवादी केन्द्रका टाघनडुब्बा गाउा कमिटी अध्यक्ष देवी अधिकारीले समेत ‘गाउाकै मान्छे हो, नागरिकता दिादा फरक पर्दैन दिनुपर्‍यो सचिव जी’ भनेर सिफारिस गरेको बताए । आफूले गरेको दोष अरुलाई थोपरेर उम्कन खोजेको सचिव पराजुलीमाथि आरोप छ ।
जमिललाई नागरिकता दिलाउन सचिव पराजुलीले जन्मदर्ता र नागरिकता सम्बन्धी फारम आफैंले भरेको बुझिएको छ । नागरिकता दिलाउन जमिलका नक्कली पिता बनेका थिए हजरत अली । नागरिकता लिन जिल्ला प्रशासन गएका उनीहरुलाई शंका लागि केरकार गरिएको थियो । पछि प्रशासनको आदेशमा प्रहरीले गोप्य रुपमा बुझ्दा हजरथका छोरा जमिल नभएको पुष्टि भयो । यो कुरा सार्वजनिक भएसागै गलत ढंगले नागरिकता दिलाउन सचिव पराजुलीले गरेको कार्य पर्दाफास हुने सुइाको पाएपछि उनले उक्त सिफारिस आफंैले रद्द समेत गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर