Aamsanchar

रक्सीले मातेका डाक्टरलाई कारवाही र जरीवाना

Author Image
शनिवार, भदौ ४, २०७३

महोत्तरी ।

कार्यालय समयमा मदिरामा मातिएको आरोपमा एक चिकित्सकलाई जरिवाना गरिएको छ । महोत्तरी जिल्लाको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज  डाक्टर अशोक यादवले ड्युटीको समयमा सार्वजनिक स्थानमा मादक पदार्थ सेवा गरेको पाइएपछि जरिवाना गरिएको हो ।
प्रहरीले डा. यादवलाई मदिरा सेवन गरी वेवारिसे अवस्थामा फेला परेको थियो । इलाका प्रहरी कार्यालय गौशालाले उनलाई मंगलबार नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो । प्रहरीले मापसे कसुरमा कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो । प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले उनलाई एक हजार रुपैयाँ जरिवाना गरेका हुन् ।
जरिबानापछि कार्यालयले उनलाई थप कारबाहीका लागि जिल्ला स्वास्थ्य कार्यालयमा पठाएको छ ।
डा. यादवले प्राथमिक स्वास्थ्य केन्द्र गौशालाको छेउमै रहेको जिरोमाइल चोकमै अत्यधिक मात्रामा रक्सी सेवन गरी अलपत्र अवस्थामा सुतेको फेला परेका थिए ।
बारम्बार ड्युटीको समयै रक्सी सेवन गर्दै आएकाले निज चिकित्सक यादवलाई स्थानीयवासीको रोहवरमा राखेर विभागीय कारबाहीका लागि जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

एमबिबिएस स्तरको करार दरबन्दीमा गत वर्षदेखि अस्पतालको इन्चार्ज  पदमा रहेर कार्यरत रहेका चिकित्सक यादवले यसभन्दा अगाडि पनि अनेकौँ पटक ड्युटीको समयमा रक्सी सेवन गरी लापरबाही गर्दै आएको स्थानियले बताएका छन्

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)