Aamsanchar

ऋण पाउन नग्न सेल्फी खिच्न बाध्य बन्छन चिनिया युवतीहरु

Author Image
शनिवार, भदौ ४, २०७३
सुन्दै अचम्म लाग्ने, एउटा खतरनाक प्रवृत्ति चीनमा मौलाउदै गएको छ। चीनको विश्वविद्यालयमा अध्ययनरत छात्राहरूको नयाँ करतुतले अहिले चिनियाँ सरकारलाई पनि हैरान बनाएको छ।
 
चिनियाँ मिडियाले हालै सार्वजनिक गरेको एउटा रिपोर्टमा चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत महिलाहरूले ऋण लिनका लागि आफ्नो नग्न तस्बिर अनलाईन कम्पनीलाई बेच्ने गरेको पाइएको छ।
 
चिनियाँ छात्राहरूको यो अनौठो हर्कत सरकारी पत्रिका बेइजिङ युथ डेलीले छापेको छ। र, उसले भनेको छ– छात्राहरू आफ्नो नग्न सेल्फी केटा साथीलाई पठाउनका लागि नभई ऋण लिनका लागि खिच्ने गरेका छन्।
timthumb
ऋण दिने त्यस्ता करदातालाई कलेजका यस्ता छात्राहरूको तस्बिरमा निकै रुचि रहेको पनि पत्रिकाले खुलासा गरेको छ। नग्न सेल्फी खिच्दा केटीहरूले पहिचानका लागि आफ्नो परिचयपत्र पनि घाँटीमा झुन्ड्याउने गरेका छन्।
 
‘नग्न– ऋण’को यो अनौठो तरिका त्यतिबेला सार्वजनिक भएको थियो, जब गत महिना सोशल मिडियामा छात्राहरूको तस्बिर अपलोड गर्ने क्रममा लिक भयो।
 
नग्न तस्बिरको यस्तो काम चीनको निकै लोकप्रिय अनलाइन ‘पिर टु पिर जियादाइबाओ’ ले गर्ने गरेको तथ्य पनि उजागर भएको छ। बेइजिङ युथका अनुसार स्थानीय इन्टरनेट फाइनान्स साइटमा यस्तो काम निसफिर्की भइरहेको छ। स्थानीय विश्विद्यालयमा धेरै अगाडिदेखि यसको कारोबार फस्टाइरहेको छ। जुन सबैलाई थाहा छ।
 
यस्ता नग्न सेल्फीले सामान्य रूपमा पाउने ऋणभन्दा ५ गुना बढि पैसा पाउने गरेका छन्। फेरि यसमा ऋण लिनका लागि धेरै फर्मालिटी पनि पुरा गर्नु पर्दैन्। तस्बिर दिने वित्तिकै तुरुन्त पैसा पाइहाल्छन्।
 
जुन केटीले आफ्नो नग्न सेल्फी बन्दकीमा राख्न चाहन्छिन उनले करिब ५ हजार चिनियाँ युआन (१ हजार अस्ट्रेलियाली डलर) पाउने गरेकी छन्। तर, ऋणदाताले नग्न फोटोमा भएको केटीमा सम्भावना देख्यो भने उसले ऋणको राशी बढाएर दुई गुना अर्थात १० हजार युआन पनि गर्न सक्छ।
 
बेइजिङ युथ डेलीका अनुसार यहाँ सम्भावनाको अर्थ, केटीको पृष्ठभूमि कस्तो छ? उसको पछिल्लो रेकर्ड राम्रो छ कि छैन। उसले समयमा नै ऋण लिएको पैसाको भुक्तानी गरेकी छे भने उसलाई रकम बढाएर दिन सकिन्छ भनिएको हो। यसमा ऋण लिने केटीको अनुहारले पनि महत्व राख्ने गरेको छ।
 
ऋणचुक्ता गर्ने समय २ महिनाको हुन्छ। ऋणीले प्रति साता ३० प्रतिशतको दरले रकम भुक्तान गर्दै जानु पर्ने हुन्छ। जसमा चर्को ब्याज लगाइएको हुन्छ। समयमा ऋण चुक्ता गर्न नसक्ने केटीहरूले दण्ड स्वरुप झन् अधिक नग्न तस्बिर पठाउनु पर्ने हुन्छ। लामो समय ऋण चुक्ता गर्न नसक्ने केटीहरूको हकमा उनीहरूले सेक्ससम्बन्धि अन्य सुविधा दिनु पर्ने हुन्छ। केही समयअघि मात्र सोशल नेटवर्किङ साइट ‘क्युजोन’ मा एउटा सूचना सार्वजनिक भएको थियो–‘यदी तपाई नग्न तस्बिर हेर्न चाहनु हुन्छ भने र केटीहरूको विषयमा विस्तृत जानकारी पाउन चाहनु हुन्छ भने हामीसँग सम्पर्क गर्नु होला।’
 
यसको स्पष्ट अर्थ यो लगाइएको छ– ऋण तिर्न नसक्ने केटीहरूको तस्बिर बेच्न त्यो कम्पनीले यस्तो विज्ञापन निकालेको हो।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर