Aamsanchar

रुट परमिट नभएका सवारी सञ्चालनमा रोक

Author Image
आइतवार, भदौ ५, २०७३

नरेन्द्र ढकाल, विर्तामोड।

2a4c8b91a4d8aa4268e60823732cbc9e

गत आइतबार काभ्रेको विर्तादेउरालीमा भएको बस दुर्घटनामा २७ जनाको मृत्यु र ३९ जना घाइते भएपछि सरकारले देशभर नै सवारी सञ्चालनमा कडाई गरेपछि रुट परमिट नभएका स्थानमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।
रुट परमिट नभएको स्थानमा सवारी सञ्चालनमा रोक लगाएपछि ग्रामिण भेगमा सञ्चालनहुने सवारी नचलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताएका छन् ।

रुट परमिट नभएको स्थानमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको र उक्त निर्णय पछि आफुहरुले कडाई गरिएको गिरीले बताए । शनिबार खुदुनावारी तथा अन्य रुट परमिट नभएको स्थानमा सवारी सञ्चालनमा रोक लगाएको ट्राफिक प्रहरी प्रमुख गिरीले बताए ।

दैनिक रुपमा सवारी सञ्चालन भइरहेको स्थानमा अचानक सवारी सञ्चालनमा रोक लगाइएपछि सर्वसाधारणले भने सास्ती बेहोर्नुपरेको छ । ग्रामीण भेगमा बन्द भएको बस सेवाका कारण आफुहरु प्रभावित भएको स्थानीयले गुनासो गरेका छन् ।

शनिबारबारदेखि झापा प्रहरीले बिना रुट परमिटको गाडी सञ्चालनमा रोक लगाएपछि यात्रुहरु यसरी नै दुःख भोग्न बाध्य हुन । देशको विभिन्न ठाउँमा भइरहेको सवारी दुर्घटनाका कारण सावरी साधनको कागजात तथा सावरी क्षमतामा कडाइ गरिएको छ । रुट परमिट नहुदा ग्रामिण भेगमा सञ्चालन हुने सवारी चल्न सकेका छैनन् ।

यसैबीच शनिबार जिल्ला ट्राफिक प्रहरी कार्यालयको झापाको पहलमा रुट परमिटको लागि यातायात व्यवस्था कार्यालय मेची माग गर्ने र अस्थायी रुपमा भएपनि रुट परमिट जारी गरेर यातायात सञ्चालन भइरहेको स्थानमा सवारी सञ्चालनलाई सुचारु ग्र्न पहल गर्ने सहमति भएको छ । झापाका सम्पूर्ण सडकको अवस्थाको अनुगमन गर्ने तर रुट परमिटका लागी पहल गर्ने, त्यस्तै ग्रामिण भेगमा सवारीका साधन थप गर्ने र छतमाथिको यात्रामा कडाई गर्ने, सवारी चालक, सहचालक र हेल्फरलाई ट्राफिक नियम सम्बन्धि नियम सम्बन्धि प्रशिक्षण दिइने लगायतका विषयमा पहल गर्ने निर्णय भएको छ ।

सवारी सञ्चालनमा कडाई गरेपछि यातायात ब्यवसायी र ट्राफिक प्रहरी बीच सरल रुपमा सवारी सञ्चालन गर्न पहल गर्ने विषयमा छलफल भएको हो । छलपवmलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डीराज गिरी, नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका संयोजक राजेन्द्र रिजाल, कनकाई यातायात ब्यवसायी संघ झापाका टंक दवाडी, मेची बस ब्यवसायी संघका दिपक तामाङ,पूर्वी नेपाल यातायात ब्यवसायी संघ भिम महत, पूर्वाञ्चल यातायात ब्यवसायी संघका हुकुम नेपाली, पूर्वाञ्चल यातायात ब्यवसायी संघका पारस उप्रेती, कनकाई यातायात ब्यवसायी संघका कुलप्रसाद ओडारी, मेची यातायातका ध्रुव भट्टराई, मेची पिकअप ब्यवसायी संघ चारआलीका खगेन्द्र महतो, प्रहरी सहायह निरीक्षक याम खड्का लगायतका सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)